“हे नारी! तिमी किन रुँदैछ्यौ?” उहाँले तिनलाई सोध्नुभयो, “तिमी कसलाई खोज्दैछ्यौ?” तिनीसँग बोल्ने व्यक्ति माली पो रहेछ भनी तिनले सोचिन् र भनिन्, “हजुर, तपाईंले उहाँलाई लैजानुभएको छ भने तपाईंले उहाँलाई कहाँ राख्नुभएको छ, मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।” येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनी उहाँतिर फर्किन् र आरामाईक भाषामा चिच्याएर भनिन्, “रब्बोनी!” (जसको अर्थ हो, गुरुज्यू)। येशूले भन्नुभयो, “मलाई नछोऊ, किनकि म अझै पिताकहाँ गएको छैनँ। बरु जाऊ, र मेरा भाइहरूलाई भेटेर ‘म मेरा पिता र तिमीहरूका पिता अर्थात् मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ जाँदैछु’ भन्ने समाचार भनिदेऊ।”
यूहन्ना 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू