येशूले तिनलाई सोध्नुभयो, “ए नारी, तिमी किन रुँदै छ्यौ? तिमीले कसलाई खोज्दै छ्यौ?” तिनले उहाँलाई बगैँचामा काम गर्ने माली नै भन्ठानेर भनिन्, “हजुर, तपाईंले येशूलाई यहाँबाट लैजानुभएको भए भन्नुहोस्, तपाईंले कहाँ राख्नुभएको छ, म गएर लासलाई लैजान्छु।” येशूले भन्नुभयो, “ए मरियम!” येशूको सोर सुनेर मरियमले फनक्क फर्केर उहाँलाई हिब्रू भाषामा “रब्बोनी!” भनिन्, जसको अर्थ “गुरुज्यू” हो। येशूले भन्नुभयो, “मलाई अहिले समाती नराख किनभने अझैसम्म म पिताकहाँ गइसकेको छैनँ। भाइहरूकहाँ गएर ‘मेरा पिता र तिमीहरूका पिता, मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ म जाँदै छु’ भनिदेओ।”
यूहन्ना 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू