येशूले तिनलाई भन्नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्छ्यौ?” तिनले उहाँलाई माली भन्ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्नुभएको छ मलाई भन्नुहोस्, र म उहाँलाई लैजानेछु।” येशूले तिनलाई भन्नुभयो, “मरियम!” तिनले फर्केर उहाँलाई हिब्रूमा भनिन्, “रब्बोनी,” अर्थात् “हे गुरुज्यू!” येशूले तिनलाई भन्नुभयो, “मलाई नछोऊ, किनभने म अहिलेसम्म पिताकहाँ गएको छैनँ। तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘मेरा पिता र तिमीहरूका पिता, र मेरा परमेश्वर र तिमीहरूका परमेश्वरकहाँ गइरहेछु’।”
यूहन्ना 20 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 20
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 20:15-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू