तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।) उहाँले “म उही नै हुँ,” भन्नसाथ ती सबै पछि हटे, र भुइँमा लोटे। फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए। येशूले भन्नुभयो, “मैले भनिहालें, म उही नै हुँ, अनि मलाई नै खोजेका हौ भने, यिनीहरूलाई जान देओ।” उहाँले भन्नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।” तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।) येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ?”
यूहन्ना 18 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 18:4-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू