यूहन्ना 18:4-11
यूहन्ना 18:4-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे। फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।” येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।” “तपाईंले मलाई दिनुभएकाहरूमध्ये एउटालाई पनि मैले गुमाइनँ” भनी उहाँले भन्नुभएको वचन पूरा होस् भनेर यो भयो। सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो। येशूले पत्रुसलाई भन्नुभयो, “तरवार म्यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?”
यूहन्ना 18:4-11 नेपाली समकालीन संस्करण (NCV)
तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।) उहाँले “म उही नै हुँ,” भन्नसाथ ती सबै पछि हटे, र भुइँमा लोटे। फेरि एकपल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए। येशूले भन्नुभयो, “मैले भनिहालें, म उही नै हुँ, अनि मलाई नै खोजेका हौ भने, यिनीहरूलाई जान देओ।” उहाँले भन्नुभएको यो वचन पूरा होस् भनेर यी कुराहरू भए: “तपाईंले मलाई दिनुभएको एउटैलाई पनि मैले गुमाएको छैनँ।” तब सिमोन पत्रुसले तरवार थुतेर प्रधान पूजाहारीको सेवकलाई प्रहार गर्यो र उसको दाहिने कान च्वाट्टै काटिदियो। (त्यस सेवकको नाम माल्खस थियो।) येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा हाल! के पिताले दिनुभएको कचौराबाट मैले नपिउनूँ?”
यूहन्ना 18:4-11 पवित्र बाइबल (NERV)
येशू यी सबै घट्नाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?” ती मानिसहरूले भने, “नासरतको येशूलाई।” येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो। जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे। येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?” मानिसहरूले भने, “नासरतको येशूलाई।” येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।” उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।” शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो। येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
यूहन्ना 18:4-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। ‘म उही हुँ’ भनेको सुन्नेबित्तिकै तिनीहरू सबै पछि हटेर पछारिए। येशूले फेरि सोध्नुभयो, “होइन, तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने। येशूले भन्नुभयो, “मैले अघि नै मै हुँ भनिहालें नि! साँच्चै मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ छोडिदेओ।” (यसरी “हे पिता, तपाईंले मलाई दिनुभएको जतिमध्ये मैले एउटै पनि गुमाएको छैनँ,” भनेर येशूले पहिले नै भन्नुभएको कुरा पूरा हुन आयो।) त्यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्नो तरवार थुतेर माल्खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्वाट्टै काटिदिए। तर येशूले पत्रुसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! पिताले मेरो लागि तयार पार्नुभएको त्यस कष्टको कचौरालाई मैले नपिउनु र?”