YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 18:4-11

यूहन्‍ना 18:4-11 सरल नेपाली

आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्‍यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्‍नुभयो, “तिमीहरू कसलाई खोज्‍दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्‍नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। ‘म उही हुँ’ भनेको सुन्‍नेबित्तिकै तिनीहरू सबै पछि हटेर पछारिए। येशूले फेरि सोध्‍नुभयो, “होइन, तिमीहरू कसलाई खोज्‍दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने। येशूले भन्‍नुभयो, “मैले अघि नै मै हुँ भनिहालें नि! साँच्‍चै मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ छोडिदेओ।” (यसरी “हे पिता, तपाईंले मलाई दिनुभएको जतिमध्‍ये मैले एउटै पनि गुमाएको छैनँ,” भनेर येशूले पहिले नै भन्‍नुभएको कुरा पूरा हुन आयो।) त्‍यतिकैमा सिमोन पत्रुसले चाहिँ आफ्‍नो तरवार थुतेर माल्‍खस नाउँ भएको प्रधान पूजाहारीको नोकरको दाहिने कान च्‍वाट्टै काटिदिए। तर येशूले पत्रुसलाई भन्‍नुभयो, “तिम्रो तरवार म्यानमा राख! पिताले मेरो लागि तयार पार्नुभएको त्‍यस कष्‍टको कचौरालाई मैले नपिउनु र?”

यूहन्‍ना 18 पढ्नुहोस्