YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:15-25

यूहन्‍ना 14:15-25 NCV

“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू मान्‍नेछौ। म पितासँग विन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैं तिमीहरूसँग हुनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, अनि चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ; किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ, म तिमीहरूकहाँ आउनेछु। केही बेरपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएकोले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, अनि म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ। जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्छन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ, अनि म पनि उनीहरूलाई प्रेम गर्नेछु र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।” यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्‍न?” येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू मान्‍नेछ। मेरा पिताले तिनीहरूलाई पनि प्रेम गर्नुहुनेछ; अनि हामी तिनीहरूकहाँ आउनेछौं र तिनीहरूसँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेहरूले मेरा शिक्षाहरू पालन गर्दैनन्। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्। “म अहिले तिमीहरूसँग छँदै तिमीहरूलाई यो भनेको छु।

यूहन्‍ना 14 पढ्नुहोस्