“यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्छौ। म पितासँग माग्नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। तर संसारले उहाँलाई पाउन सक्दैन किनभने संसारले उहाँलाई न देख्छ नता चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई टुहुराजस्तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले भने मलाई देख्नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। त्यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्ने कुरा तिमीहरूले बुझ्नेछौ। मेरो आज्ञालाई सुनेर पालन गर्ने नै मलाई प्रेम गर्ने मानिस हो। मलाई प्रेम गर्नेलाई पिताले पनि प्रेम गर्नुहुनेछ र म पनि उसलाई प्रेम गर्नेछु र उसकहाँ देखापर्नेछु।” यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं। तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो। “तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु।
यूहन्ना 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 14:15-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू