जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्नाले दिएको गवाही यही थियो। तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्ट होइनँ” भनी स्पष्ट रूपमा स्वीकार गरे। तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?” तिनले भने, “म होइनँ।” “के तिमी त्यो अगमवक्ता हौ?” तिनले जवाफ दिए, “म होइनँ।” अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?” यूहन्नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।” तब पठाइएका केही फरिसीहरूले तिनलाई सोधे, “यदि तिमी ख्रीष्ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्तिस्मा दिन्छौ त?” यूहन्नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ। मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:19-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू