YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 1:19-27

यूहन्‍ना 1:19-27 NNRV

जब यरूशलेमबाट यहूदीहरूले पूजाहारीहरू र लेवीहरूलाई उनीकहाँ “तिमी को हौ?” भन्‍ने कुरा सोध्‍न पठाए, तब यूहन्‍नाको गवाही यो थियो। उनले स्‍वीकार गरे, अनि इन्‍कार गरेनन्, र “म ख्रीष्‍ट होइनँ” भनी स्‍वीकार गरे। तब तिनीहरूले उनलाई सोधे, “तब के? तिमी एलिया हौ?” उनले भने “म होइनँ।” “के तिमी त्‍यो अगमवक्ता हौ?” उनले जवाफ दिए, “होइन।” तिनीहरूले उनलाई भने, “तिमी को हौ? हामीलाई भन, र हामीलाई पठाउनेहरूलाई हामी जवाफ दिन सकौं। तिमी आफ्‍नो विषयमा के भन्‍छौ?” उनले भने “यशैया अगमवक्ताले भनेझैँ, ‘परमप्रभुको मार्ग तयार पार’ भनी उजाड-स्‍थानमा कराउने एक व्‍यक्तिको म आवाज हुँ।” तिनीहरूलाई फरिसीहरूले पठाएका थिए। अनि तिनीहरूले उनलाई सोधे “तिमी ख्रीष्‍ट पनि होइनौ, एलिया पनि होइनौ, त्‍यो अगमवक्ता पनि होइनौ भने, किन बप्‍तिस्‍मा दिन्‍छौ?” यूहन्‍नाले तिनीहरूलाई जवाफ दिए, “म त पानीले बप्‍तिस्‍मा दिन्‍छु, तर तिमीहरूका माझमा एक जना खड़ा हुनुहुन्‍छ, जसलाई तिमीहरू चिन्‍दैनौ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्‍छ। उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ।”