यरूशलेमका यहूदी अगुवाहरूले केही पूजाहारी र मन्दिरको सेवामा सघाउने लेवीहरूलाई ‘यूहन्ना को रहेछन्’ भनी बुझ्न पठाए। यूहन्नाले नअन्कनाई सोझै जवाफ दिँदै भने, “म मुक्ति दिने राजा ख्रीष्ट होइनँ।” उनीहरूले सोधे, “त्यसो भए तिमी को हौ त? के तिमी एलिया हौ?” यूहन्नाले भने, “अहँ, म होइनँ।” उनीहरूले सोधे, “के तिमी अगमवक्ता हौ त?” “होइनँ!” यूहन्नाले जवाफ दिए, उनीहरूले भने, “तिमी को हौ, भन न त! हामीलाई पठाउनेकहाँ हामीले जवाफ लैजानुपर्छ। तिमी आफैंलाई को हुँ भन्छौ त?” यूहन्नाले भने, “यशैया अगमवक्ताले भनेझैँ म ‘प्रभु आउनुहुने बाटो तयार पार’ भनेर उजाड-स्थानमा कराउने आवाज हुँ।” ती सोध्न आउनेहरूलाई फरिसीहरूले पठाएका थिए। उनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट पनि होइनौ एलिया पनि होइनौ अनि हामीले आशा गरेका अगमवक्ता पनि होइनौ भने बप्तिस्मा किन दिँदै छौ त?” यूहन्नाले जवाफ दिए, “म त खालि पानीले मात्रै बप्तिस्मा दिन्छु। तर तिमीहरूको माझमा तिमीहरूले नचिनेका एक जना हुनुहुन्छ। मपछि आउनुहुने उहाँ नै हुनुहुन्छ र म उहाँको जुत्ताको फित्ता फुकाउने योग्यको पनि छैनँ।”
यूहन्ना 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 1:19-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू