तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ? हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्टहरूका टाउकामाथि बतासको भुमरीको झोक्काझैँ बजारिनेछ। याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ। मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरू आफ्नै सन्देश लिएर दौडिएका छन्; मैले तिनीहरूलाई कुनै सन्देश दिएको छैनँ, तापनि तिनीहरूले मेरो नाममा अगमवाणी गरेका छन्। तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए, र तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन घोषणा गरेका भए; तिनीहरूले तिनीहरूलाई आफ्ना दुष्ट चालहरूबाट र तिनीहरूका दुष्ट कामहरूबाट फर्काउनेथिए।” याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्वर हुँ र, अनि टाढाको परमेश्वरचाहिँ होइन र?” याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’ यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्? ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए। सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”
यर्मिया 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 23:18-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू