यर्मिया 23:18-29
यर्मिया 23:18-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर तिनीहरूमध्ये को उहाँको वचन सुन्न र बुझ्न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूका टाउकोमा भुमरीको झोक्का बजारिनेछ। आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्नेछौ। यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्ना सन्देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे। तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।” परमप्रभु भन्नुहुन्छ, “के म नजिक मात्र रहने परमेश्वर हुँ र, टाढ़ाको चाहिँ परमेश्वर होइनँ? के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?” परमप्रभु भन्नुहुन्छ। “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ। “मैले सपना देखेको छु, ‘मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूका कुरा मैले सुनेको छु। यी झूटा अगमवक्ताहरू, जसले आफ्नै मनका भ्रमको अगमवाणी कहन्छन्, तिनीहरूको हृदयमा कहिलेसम्म यो कुरा रहला? तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्। कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ। “के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई चूरचूर पार्ने के त्यो एउटा ठूलो घनझैँ छैन र?” परमप्रभु भन्नुहुन्छ।

यर्मिया 23:18-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर अगमवक्ताहरूमध्ये कोचाहिँ हेर्नलाई अथवा उहाँको वचन सुन्न भनी याहवेहको सभामा खडा भएको छ? उहाँको वचन कसले ध्यान दिएर सुनेको छ? हेर, याहवेहको क्रोध आँधीबेहरीजस्तै फुटेर निस्कनेछ; त्यो दुष्टहरूका टाउकामाथि बतासको भुमरीको झोक्काझैँ बजारिनेछ। याहवेहको रिस उहाँको हृदयका उद्देश्यहरू पूर्ण रूपमा पूरा नभएसम्म उहाँको रिस शान्त हुनेछैन। आउने न्यायका दिनहरूमा तिमीहरूले यो कुरा छर्लङ्ग बुझ्नेछौ। मैले यी अगमवक्ताहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरू आफ्नै सन्देश लिएर दौडिएका छन्; मैले तिनीहरूलाई कुनै सन्देश दिएको छैनँ, तापनि तिनीहरूले मेरो नाममा अगमवाणी गरेका छन्। तर यदि तिनीहरू मेरो सभामा खडा भएका भए, र तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन घोषणा गरेका भए; तिनीहरूले तिनीहरूलाई आफ्ना दुष्ट चालहरूबाट र तिनीहरूका दुष्ट कामहरूबाट फर्काउनेथिए।” याहवेह घोषणा गर्नुहुन्छ, “के म नजिकमा मात्र रहने परमेश्वर हुँ र, अनि टाढाको परमेश्वरचाहिँ होइन र?” याहवेह घोषणा गर्नुहुन्छ, “कसले आफूलाई गुप्त ठाउँहरूमा लुकाउन सक्छ, जहाँ म तिमीहरूलाई देख्न सक्दिनँ? के म स्वर्ग र पृथ्वी दुवै ठाउँमा देख्न सक्दिनँ र?” याहवेह घोषणा गर्नुहुन्छ। “मेरो नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूले भनेको कुरा मैले सुनेको छु। तिनीहरू भन्दछन्, ‘मैले सपना देखेको छु! मैले सपना देखेको छु!’ यो कहिलेसम्म झूटा अगमवक्ताहरूका हृदयमा रहला, जसले आफ्नो मनका भ्रामक कुराबाट अगमवाणी गर्छन्? ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए। सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ। “के मेरो वचन आगोजस्तै छैन र?” याहवेह घोषणा गर्नुहुन्छ, “अनि चट्टानलाई टुक्रा-टुक्रा पार्ने हथौडाजस्तै छैन र?”
यर्मिया 23:18-29 पवित्र बाइबल (NERV)
तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ। अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ। आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरूसँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए। तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।” “म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ। मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी भर्दिनँ र?” परमप्रभुले यसो भन्नुभयो: “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें। कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे। पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन। मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”
यर्मिया 23:18-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्न कहिल्यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्ये कसैले उहाँका वचन कहिल्यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्यान दिएका छैनन्। उहाँको क्रोध एउटा आँधी नै हो, दुष्टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो अनि उहाँले इच्छा गरेका कुराहरू पूरा नभएसम्म त्यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्नेछन्।” परमप्रभुले भन्नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्यवाणी बोले। तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्ट चाल र खराब कामहरूबाट फर्काउनेथिए। “म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्थित हुने परमेश्वर हुँ। कोही मानिस मैले देख्न नसक्ने ठाउँमा लुक्न सक्दैन। के तिमीहरू जान्दैनौ, म स्वर्ग र पृथ्वीको हरेक ठाउँमा उपस्थित छु? मेरो नाममा झूट बोल्ने र मैले तिनीहरूलाई सपनामा मेरा वचन दिएको छु भनी दाबी गरी अगमवक्ताहरूले भनेका कुरा मैले सुनेको छु। अब कहिलेसम्म यी अगमवक्ताहरूले आफूले भनेका भ्रमका कुराहरूले मेरा प्रजालाई कुबाटोमा लैजाने हुन्? मेरा प्रजाका पिता-पुर्खाले बाल देवतापट्टि लागेर मलाई बिर्सेझैँ यी अगमवक्ताहरूले आपसमा गरेका आ-आफ्ना सपनाका कुराले गर्दा मेरो प्रजाले मलाई बिर्सनेछन् भनी ठानेका छन्। कुनै अगमवक्ताले सपना देखेको छ भने त्यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्छ र? मेरा वचन आगोजस्तै छ, चट्टानलाई चुर-चुर पार्ने एउटा घनझैँ छ।