YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 23:18-29

यर्मियाको पुस्तक 23:18-29 NERV

तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ। अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ। आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरूसँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए। तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।” “म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ। मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी भर्दिनँ र?” परमप्रभुले यसो भन्नुभयो: “त्यहाँ त्यस्ता अगमवक्ताहरू छन् जसले मेरो नाउँ झूटा प्रचार गरिरहेछन्। तिनीहरू भन्छन्, ‘मैले सपना देखेको छु। मैले सपना देखेको छु।’ मैले तिनीहरूले त्यस्तो कुराहरू गरेको सुनें। कहिले सम्म यी अगमवक्ताहरूले झूटो र आफ्नो माया प्रचार गरिरहने? ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे। पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन। मेरो सन्देश आगो जस्तै छ।” यो सन्देश परमप्रभुबाट आएको हो, “यो मार्तोल जस्तो छ जसले ढुङ्गा चुरचुर पारेर फुटाउँदछ।”