याहवेहको वचन मकहाँ आयो, “मैले तँलाई गर्भमा सृष्टि गर्नुभन्दा अगि नै तँलाई चिनिसकेको थिएँ; तँ जन्मनुभन्दा अगि नै मैले तँलाई अलग गरेँ; अनि मैले तँलाई जातिहरूका निम्ति अगमवक्ताको रूपमा नियुक्त गरेँ।” तब मैले भनेँ, “हे प्रभु याहवेह, म बोल्न जान्दिनँ; किनभने म त बालकै छु।” तर याहवेहले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन्। मैले तँलाई पठाएका सबै मानिसहरूकहाँ तँ जानैपर्छ र मैले तँलाई जे-जे आज्ञा गर्छु, त्यो तैँले भन्नैपर्छ। तिनीहरूसित नडरा, किनकि म तँसित छु र तँलाई छुटाउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ। त्यसपछि याहवेहले आफ्नो हात पसारेर मेरो मुख छुनुभयो र मलाई भन्नुभयो, “मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु। हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।”
यर्मिया 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 1:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू