परमप्रभुले मलाई भन्नुभयो, “मैले तँलाई तेरी आमाको कोखमा सृष्टि गर्नुभन्दा अघि नै रोजेको थिएँ र तँ जन्मनुअघि नै जाति-जातिहरूलाई अगमवाणी सुनाउन अलग गरेको थिएँ।” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, म त बोल्नै जान्दिनँ, म त बालकै छु।” तर परमप्रभुले मलाई भन्नुभयो, “म बालकै छु भनी नभन् तर जुन मानिसहरूबीच म तँलाई पठाउँदछु, तिनीहरूकहाँ जा र म तँलाई जे आज्ञा गर्दछु, ती तिनीहरूलाई सुना। तिनीहरूसित नडरा किनभने म तेरो रक्षा गर्न तँसित हुनेछु। म परमप्रभु बोलेको छु!” त्यसपछि परमप्रभुले हात पसार्नुभएर मेरो ओठ छुनुभयो र मलाई भन्नुभयो, “सुन्, तैँले बोल्नुपर्ने वचन म तँलाई दिन्छु। आज म तँलाई जाति-जाति र राज्य-राज्यमाथि तिनीहरूलाई उखेल्ने, ढाल्ने, नाश गर्ने वा भताभुङ्ग पार्ने, बनाउने र स्थापित गर्ने अधिकार दिन्छु।”
यर्मिया 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 1:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू