परमप्रभुको यो सन्देश मकहाँ आयो: “मैले तिमीलाई तिम्रो आमाको गर्भमा, गर्भधारण गर्नुभन्दा अघिबाटै चिन्थें। तिमी जन्मनु अघिनै, म तिमीलाई जान्दथें। मैले तिमीलाई जाति-जातिहरूमा विशेष काम गराउनु अगमवक्ताको लागि रोजें।” तब मैले भने, “तर हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।” तर परमप्रभुले मलाई भन्नुभयो, “त्यसो नभन, ‘म खाली एउटा बालक हुँ।’ तिमी चारैतिर जानै पर्छ, जहाँ म तिमीलाई पठाउँछु। तिमीले सबै कुरा भन्नै पर्छ जो म तिमीलाई भन्नेछु। कसैसित नडराऊ! म तिमीसित छु, अनि म तिमीलाई उद्धार गर्नेछु।” यो सन्देश परमप्रभुबाट आएको हो। तब परमप्रभुले आफ्ना हातहरू तन्काएर मेरो मुखमा छुनु भयो। परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म मेरा वचनहरू तिम्रो मुखमा राख्दैछु। आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।”
यर्मियाको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 1:4-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू