YouVersion लोगो
खोज आइकन

यशैया 6:1-8

यशैया 6:1-8 NCV

उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्‍च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो। उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे। तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्‍लिए; अनि मन्दिर धुवाँले भरियो। म कराएँ, “धिक्‍कार छ मलाई! म नाश भएँ! किनकि म अशुद्ध ओठ भएको मानिस हुँ। म अशुद्ध ओठ भएका मानिसहरूको बीचमा बस्छु; अनि मेरा आँखाले राजा, सेनाहरूका याहवेहलाई देखेका छन्।” तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए। तिनले मेरो मुख छोएर भने, “हेर्, यसले तेरो ओठ छोएको छ; तेरा अपराध हटाइएको छ र तेरो पाप क्षमा भएको छ।” तब मैले यसो भन्‍ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!”

यशैया 6 पढ्नुहोस्