उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। उहाँको मास्तिर सराफहरू खड़ा थिए— प्रत्येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए। अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।” तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो। मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।” तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए। तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।” तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!”
यशैया 6 पढ्नुहोस्
सुन्नुहोस् यशैया 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 6:1-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू