सुसमाचार ल्याउनेहरू, शान्ति घोषणा गर्नेहरू, उद्धार घोषणा गर्नेहरू, सियोनलाई “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ!” सुसमाचार ल्याउनेहरूका पाउ पहाडहरूहुँदो कति सुन्दर! सुन्! तेरा पहरेदारहरू आफ्ना सोर उचाल्छन्; तिनीहरू आनन्दले एकसाथ चिच्याउँछन्। जब याहवेह सियोनमा फर्केर आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले छर्लङ्गै देख्नेछन्। हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दका गीतहरू जोडसित एकसाथ गाओ; किनकि याहवेहले उहाँका मानिसहरूलाई सान्त्वना दिनुभएको छ; उहाँले यरूशलेमलाई मोल तिरेर छुटाउनुभएको छ। सबै जातिहरूले देख्ने गरी याहवेहले आफ्ना पवित्र बाहुली देखाउनुभएको छ; पृथ्वीको पल्लो छेउका मानिसहरूले हाम्रा परमेश्वरको उद्धार देख्नेछन्।
यशैया 52 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 52:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू