YouVersion लोगो
खोज आइकन

यशैया 52:7-10

यशैया 52:7-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।” ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌। हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। सारा जातिहरूको दृष्‍टिमा परमप्रभुले आफ्‍नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्‍वीको पल्‍लो छेउकाहरूले पनि हाम्रा परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्‌।

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्

यशैया 52:7-10 पवित्र बाइबल (NERV)

एकजना समाचार-वाहक सु-समाचार लिएर पहाडमाथि आउँदै गरेको देख्नु आश्चर्यपूर्ण कुरा हो। समाचार-वाहकले सियोनमा यो घोषणा गरेको सुन्दा खुशीयाली आउँछ, “शान्ति छ! हामी सुरक्षित छौं! तिमीहरूका परमेश्वर राजा हुनुहुन्छ!” शहरका पहरादारहरू चिच्याउन थाले। तिनीहरू सबै एकार्कामा आनन्दित छन्। किनभने तिनीहरू प्रत्येकले परमप्रभु सियोन तर्फ फर्किरहेको देख्दछन्। यरूशलेम, तिम्रो भग्नावशेष भवनहरू फेरि खुशीले भरिनेछ। तिमीहरू सबै पुन आनन्दित हुनेछौ। किनभने यरूशलेममाथि परमप्रभु कृपालु हुनुहुन्छ। परमप्रभुले आफ्ना मानिसहरूलाई बचाउनुहुनेछ। परमप्रभुले आफ्नो पवित्र बाहुबल सारा जातिहरूलाई देखाउनु हुनेछ। टाढामा भएका सारा राष्ट्रहरूले परमप्रभुले, कसरी आफ्ना मानिसहरूको उद्धारलाई देख्नेछन्।

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्

यशैया 52:7-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

शुभ खबर लिएर, शान्‍तिको खबर लिएर, पर्वतहरू पार गरेर आउँदैगरेका सन्‍देशवाहक देख्‍न पाउनु कति आनन्‍दको कुरा हो! त्‍यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्‍दछ, “तेरा परमेश्‍वर राजा हुनुहुन्‍छ!” सहरमा पहरादारी गर्नेहरू चिच्‍च्‍याइरहेका छन्, रमाहटसाथ एक भई कराइरहेका छन्! तिनीहरूले आफ्‍ना आँखाले सियोनका परमप्रभु फर्किआएको देख्‍नेछन्! हे यरूशलेमको ध्‍वस्‍त भएको जमिन, आनन्‍दले सोर उचाल्! परमप्रभुले आफ्‍नो सहरलाई छुटकारा दिनुहुनेछ र आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुहुनेछ। परमप्रभुले आफ्‍नो पवित्र शक्ति प्रयोग गर्नुहुनेछ, उहाँले आफ्‍ना प्रजालाई बचाउनुहुनेछ र त्‍यो सारा संसारले देख्‍नेछ।

शेयर गर्नुहोस्
यशैया 52 पढ्नुहोस्