सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्दछन्, “तेरा परमेश्वरले राज्य गर्नुहुन्छ।” ध्यानसित सुन्। तेरा पहरादारहरू आफ्नो सोर उचालेर एकसाथ आनन्दले कराउँछन्। जब परमप्रभु सियोनमा आउनुहुन्छ, तब तिनीहरूले त्यो आफ्नै आँखाले देख्नेछन्। हे यरूशलेमका भग्नावशेषहरू हो, आनन्दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्ना प्रजालाई सान्त्वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। सारा जातिहरूको दृष्टिमा परमप्रभुले आफ्नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्वीको पल्लो छेउकाहरूले पनि हाम्रा परमेश्वरको उद्धारलाई देख्नेछन्।
यशैया 52 पढ्नुहोस्
सुन्नुहोस् यशैया 52
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 52:7-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू