YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 11:4-7

हिब्रूहरू 11:4-7 NCV

विश्‍वासैद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्‍वरले तिनको भेटीको विषयमा असल कुरा भन्‍नुहुँदा विश्‍वासैबाट तिनले धर्मी मानिस हुन् भन्‍ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्‍वासैद्वारा अझ बोलिरहेका छन्। विश्‍वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्‍वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्‍वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए। विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ। विश्‍वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्‍वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।

हिब्रूहरू 11 पढ्नुहोस्