YouVersion लोगो
खोज आइकन

हिब्रू 11:4-7

हिब्रू 11:4-7 पवित्र बाइबल (NERV)

कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ। हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ। नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:4-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

विश्‍वासको भरमा नै हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्‍वासकै भरमा उनी परमेश्‍वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्‍वरलाई मन पर्‍यो। हाबिल मरिसकेका भए पनि विश्‍वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्‍छन्। विश्‍वास गरेकोले नै हनोकले मृत्‍यु चाखेनन् तर उनी परमेश्‍वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्‍त्रले भन्‍छ, “उनी विश्‍वासले नै परमेश्‍वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।” विश्‍वास नगरीकन कसैले पनि परमेश्‍वरलाई खुसी बनाउन सक्‍दैन किनभने परमेश्‍वरकहाँ आउनेहरूमा त विश्‍वास हुनैपर्दछ। परमेश्‍वर हुनुहुन्‍छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्‍छ भनेर विश्‍वास गर्नुपर्दछ। विश्‍वास गरेर नै नोआले परमेश्‍वरको चेतावनीलाई सुने। देख्‍दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्‍वरले उनलाई भन्‍नुभएको थियो। उनले परमेश्‍वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्‍यसमा पसेर आफ्‍ना परिवारलाई बचाए। यसरी विश्‍वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्‍वरका धर्मी जन ठहरिए।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:4-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌। विश्‍वासद्वारा मृत्‍यु नचाखी हनोक स्‍वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्‍वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्‍दा अघि परमेश्‍वरलाई तिनले प्रसन्‍न पारेका कुराको पुष्‍टि भएको थियो। विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ। विश्‍वासद्वारा नोआले त्‍यति बेलासम्‍म अदेख रहेका घटनाका बारेमा परमेश्‍वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्‍नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्‍वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।

हिब्रू 11:4-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

विश्‍वासैद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्‍वरले तिनको भेटीको विषयमा असल कुरा भन्‍नुहुँदा विश्‍वासैबाट तिनले धर्मी मानिस हुन् भन्‍ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्‍वासैद्वारा अझ बोलिरहेका छन्। विश्‍वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्‍वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्‍वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए। विश्‍वासविना परमेश्‍वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्‍वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्‍वास गर्नुपर्छ। विश्‍वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्‍वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्‍वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।