विश्वासको भरमा नै हाबिलले परमेश्वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्वासकै भरमा उनी परमेश्वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्वरलाई मन पर्यो। हाबिल मरिसकेका भए पनि विश्वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्छन्। विश्वास गरेकोले नै हनोकले मृत्यु चाखेनन् तर उनी परमेश्वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्त्रले भन्छ, “उनी विश्वासले नै परमेश्वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।” विश्वास नगरीकन कसैले पनि परमेश्वरलाई खुसी बनाउन सक्दैन किनभने परमेश्वरकहाँ आउनेहरूमा त विश्वास हुनैपर्दछ। परमेश्वर हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनेर विश्वास गर्नुपर्दछ। विश्वास गरेर नै नोआले परमेश्वरको चेतावनीलाई सुने। देख्दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्वरले उनलाई भन्नुभएको थियो। उनले परमेश्वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्यसमा पसेर आफ्ना परिवारलाई बचाए। यसरी विश्वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्वरका धर्मी जन ठहरिए।
हिब्रू 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 11:4-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू