अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ। उनीहरूले विश्वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्त गरे, उनीहरूले सिंहका मुखहरू थुने, दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
हिब्रूहरू 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रूहरू 11:32-34
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू