YouVersion लोगो
खोज आइकन

हिब्रूहरूको निम्ति पत्र 11:32-34

हिब्रूहरूको निम्ति पत्र 11:32-34 NERV

के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन। आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।