हिब्रू 11:32-34
हिब्रू 11:32-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन— जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए, आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।
हिब्रू 11:32-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसभन्दा बढी के भनौं? गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूका बारेमा त बताउनै भ्याइँदैन। विश्वासले नै तिनीहरूले सबै देशहरू जिते र न्यायसँग राज्य गरे। परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू पनि पाए। विश्वासले नै तिनीहरूले सिंहहरूका मुख थुनिदिए। दन्किरहेको आगोलाई निभाइदिए। तरवारको धारबाट पनि उम्के। तिनीहरू निर्धा थिए तर अब शक्तिशाली भए। लडाइँमा साहससँग लडेर सबै विदेशी शत्रुहरूलाई जिते।

हिब्रू 11:32-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ। उनीहरूले विश्वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्त गरे, उनीहरूले सिंहका मुखहरू थुने, दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
हिब्रू 11:32-34 पवित्र बाइबल (NERV)
के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन। आफ्ना विश्वासको कारणले कसैले राज्यहरू जिते, अरू कसैले असल कर्महरू गरे, कसैले परमेश्वरको वचन पाउन सफल भए। आफ्नो विश्वासले नै कसैले सिंहहरूका मुख थुने। कसैले आगोको ज्वाला रोके र कोही तरवारका धारबाट उम्के। विश्वासको कारणले तिनीहरूले यी सब गरे। दुर्वलहरू शक्तिशाली बनाइए, युद्धमा शक्तिशाली भए, तिनीहरूले शत्रुहरूमाथि विजय पाए।