YouVersion लोगो
खोज आइकन

हिब्रूहरू 11:23-29

हिब्रूहरू 11:23-29 NCV

विश्‍वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्। विश्‍वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे। पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्‍वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्‍टिलाई पछि प्राप्‍त हुने प्रतिफलतिर लगाएका थिए। विश्‍वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्‍वरलाई देखेर तिनी स्थिर रहिरहे। पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्‍वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे। विश्‍वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।

हिब्रूहरू 11 पढ्नुहोस्