YouVersion लोगो
खोज आइकन

हिब्रू 11:23-29

हिब्रू 11:23-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मोशा जन्‍मँदा तिनका आमा-बुबाले तिनलाई सुन्‍दर देखे, र विश्‍वासद्वारा तीन महिनासम्‍म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्‌। जवान भएपछि विश्‍वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्‍कार गरे। पापको क्षणिक सुख भोग्‍नुभन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। मिश्रदेशको धन-सम्पत्तिभन्‍दा ख्रीष्‍टको निम्‍ति निन्‍दित हुन तिनले मूल्‍यवान्‌ सम्‍पत्ति ठाने। किनभने तिनले आफ्‍नो दृष्‍टि इनामतिर लाएका थिए। राजाको क्रोधसँग नडराएर विश्‍वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्‍य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्‍थिर रहे। ज्‍येष्‍ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन्‌ भनेर तिनले विश्‍वासद्वारा निस्‍तार-चाड़को विधि पालन गरे र रगत छर्के। विश्‍वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्‍न गर्दा डुबेर मरे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:23-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

विश्‍वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्। विश्‍वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे। पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्‍वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्‍टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्‍टिलाई पछि प्राप्‍त हुने प्रतिफलतिर लगाएका थिए। विश्‍वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्‍वरलाई देखेर तिनी स्थिर रहिरहे। पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्‍वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे। विश्‍वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:23-29 पवित्र बाइबल (NERV)

विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्। मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे। मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे। विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्। उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे। अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्

हिब्रू 11:23-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

विश्‍वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्‍मेको तीन महिनासम्‍म लुकाइराखे। आफ्‍नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्। विश्‍वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्। पापमा एक छिनको सुख भोग्‍नुभन्दा परमेश्‍वरकै भक्तहरूसँग दु:ख भोग्‍न उनले मन पराए। मिश्रदेशका सारा सम्‍पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्‍टको लागि निन्‍दा सहनु नै उनले ठूलो कुरा सम्‍झे किनभने उनले त परमेश्‍वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए। विश्‍वासकै भरमा राजाको रिसको पनि वास्‍तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्‍न नसकिने परमेश्‍वरलाई देखेझैँ गरी उनी पटक्‍कै पछि फर्केनन्। विश्‍वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्‍युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए। विश्‍वासकै भरमा इस्राएलीहरूले सुख्‍खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्‍यसै गरी समुद्र तर्न खोज्‍दा डुबेर मरे।

शेयर गर्नुहोस्
हिब्रू 11 पढ्नुहोस्