विश्वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्मेको तीन महिनासम्म लुकाइराखे। आफ्नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्। विश्वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्। पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए। मिश्रदेशका सारा सम्पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्टको लागि निन्दा सहनु नै उनले ठूलो कुरा सम्झे किनभने उनले त परमेश्वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए। विश्वासकै भरमा राजाको रिसको पनि वास्तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्न नसकिने परमेश्वरलाई देखेझैँ गरी उनी पटक्कै पछि फर्केनन्। विश्वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए। विश्वासकै भरमा इस्राएलीहरूले सुख्खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्यसै गरी समुद्र तर्न खोज्दा डुबेर मरे।
हिब्रू 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 11:23-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू