हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्। यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ। “राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्वास गर्नेछैनौ।
हबकूक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 1:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू