YouVersion लोगो
खोज आइकन

हबकूक 1:2-5

हबकूक 1:2-5 NNRV

हे परमप्रभु, कहिलेसम्‍म सहायताको निम्‍ति मैले पुकार गर्ने, तर तपाईं सुन्‍नुहुन्‍न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्‍म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्‍न? तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌। यसैकारण व्‍यवस्‍था मन्‍द हुँदैजाँदैछ, र न्‍याय कहिल्‍यै प्रबल हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्‍यायको दुरुपयोग हुन्‍छ। “जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्‍क पर्, किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्‍वास गर्नेछैनस्‌।