हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन। परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ।
हबकूकको पुस्तक 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूकको पुस्तक 1:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू