YouVersion लोगो
खोज आइकन

उत्पत्ति 41:37-44

उत्पत्ति 41:37-44 NCV

त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो। यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्‍वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?” तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन। तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।” यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्‍याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए। तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”

उत्पत्ति 41 पढ्नुहोस्