YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:37-44

उत्‍पत्ति 41:37-44 सरल नेपाली

राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्‍वरको आत्‍मा हुनुहुन्‍छ।” त्‍यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्‍वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ। तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्‍नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ। तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” तब राजाले आफ्‍नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्‍त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। उनलाई राजाले आफ्‍ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्‍दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए। राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्‍नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।”

उत्‍पत्ति 41 पढ्नुहोस्