YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 41:37-44

उत्‍पत्ति 41:37-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यो सुझाव फारो र उनका सारा अधिकारीहरूलाई मन पर्‍यो। अनि फारोले उनीहरूलाई भने, “यिनीजस्‍तो परमेश्‍वरका आत्‍मा भएको अन्‍य कुन मानिस हामी पाउन सक्‍छौं?” तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्‍तो चतुर र बुद्धिमान्‌ मानिस अरू छैन। यसकारण मेरो महलको अख्‍तियार चलाउने तिमी नै भयौ, र तिम्रै आज्ञाअनुसार मेरो समस्‍त प्रजा चल्‍नेछ। केवल सिंहासनको सम्‍बन्‍धमा मात्र म तिमीभन्‍दा माथि हुनेछु।” अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” तब फारोले आफ्‍नो छाप-औँठी आफ्‍नो औँलाबाट फुकालेर योसेफको औँलामा लगाइदिए, र तिनलाई मलमलको लुगा पहिराइदिए, र तिनको गलामा सुनको सिक्री लगाइदिए। तिनलाई फारोले आफ्‍नो दोस्रो प्रशासकझैँ रथमा सवार गराए। मानिसहरू तिनको अगिअगि “घुँड़ा टेकेर झुक” भनी कराउँदै हिँड़े। यसरी फारोले तिनलाई सम्‍पूर्ण मिश्रदेशमाथि अधिकार दिए। फारोले फेरि पनि योसेफलाई भने, “म फारो हुँ, तर म यो भन्‍दछु कि तिम्रो इच्‍छाबाहेक अरू कुनै मानिसले मिश्रदेशभरि केही गर्न पाउनेछैन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:37-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यो योजना फारो र उनका सबै पदाधिकारीहरूलाई असल लाग्यो। यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्‍वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?” तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन। तिमी मेरो राजमहलका हर्ताकर्ता हुनेछौ, र मेरा सबै प्रजा तिम्रो हुकुमको अधीनमा हुनेछन्। सिंहासनको विषयमा मात्र म तिमीभन्दा ठूलो हुनेछु।” यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” तब फारोले आफ्नो औँलाबाट छाप-औँठी झिकेर योसेफका औँलामा लगाइदिए। उनले तिनलाई मलमलको लबेदा पहिर्‍याइदिए; र तिनको गलामा सुनको सिक्री लगाइदिए। उनले तिनलाई आफ्नो दोस्रो दर्जाको अधिकारीको रूपमा रथमा सवार गराए; अनि मानिसहरू उनका अगि-अगि “बाटो छोड्!” भन्दै कराए। यसरी उनले तिनलाई सम्पूर्ण इजिप्ट देशमाथि अख्तियारवाला बनाए। तब फारोले योसेफलाई भने, “म फारो हुँ; तर तिम्रो हुकुमविना इजिप्टभरि कसैले पनि हात वा खुट्टा उठाउन पाउनेछैन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:37-44 पवित्र बाइबल (NERV)

फिरऊन र तिनका सबै पदाधिकारीहरूलाई यो योजना राम्रो लाग्यो। त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?” यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन। तिमी नै एक जना हौ जो यस देशको राज्यपाल हुन सक्ने अनि मेरा सबै मानिसहरूले तिम्रो कुरा सुन्ने छन् तिमी जे भन्छौ, आज्ञा पालन गर्नेछन्। म मात्र एकजना व्यक्ति हुनेछु जो तिमी देखि माथि रहनेछु।” तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” अनि फिरऊनले आफ्नो राजकीय मुकुटको छाप भएको औंठी यूसुफलाई दिए, उसलाई राम्रो रेशमी लुगा लगाई दिए अनि फिरऊनले उसको गलामा सुनको एउटा सिक्री लगाई दिए। जब तिनिहरू रथको परेडमा चढे। फिरऊनले यूसुफलाई आफ्नो रथको पछाडी राखे अनि “यूसुफलाई बाटो देऊ” भन्दै कराउँदै हिँडे त्यसरी फिरऊनले यूसुफलाई सम्पूर्ण मिश्रदेशको राज्यपाल बनाए। राजा फिरऊनले तिनलाई भने, “म फिरऊन राजा हुँ। तिम्रो अनुमति बिना मिश्र देशको भूमिमा कसैले पनि हात अथवा खुट्टा हाल्न पाउने छैन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्

उत्‍पत्ति 41:37-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

राजा र तिनका भारदारहरूले योसेफले बताएको उपाय ठीक माने र राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्‍वरको आत्‍मा हुनुहुन्‍छ।” त्‍यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्‍वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ। तिमीलाई म मेरा देशमाथि शासक खटाउनेछु। मेरो सारा प्रजाले तिम्रो आज्ञा मान्‍नेछन्। मेरो पछि दोस्रो अधिकार तिम्रो हुनेछ। तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” तब राजाले आफ्‍नो औँलादेखि शिल-मोहोर भएको छाप औँठी फुकालेर योसेफको औँलामा लाइदिए र राम्रो मलमलको वस्‍त्र पहिराइदिए अनि गलामा सुनको सिक्री लगाइदिए। उनलाई राजाले आफ्‍ना दोस्रो रथमा सवारी गराए र राजाको पहरेदारहरू उनको अघि-अघि “बाटो छोड्, बाटो छोड्,” भन्‍दै हिँडे। यसरी योसेफ सारा मिश्रदेशमाथि बडा-हाकिम भए। राजाले उनलाई भने, “म राजा हुँ तर तिम्रो अनुमतिबिना कसैले आफ्‍नो हात वा खुट्टा उठाउन पनि पाउनेछैन।”

शेयर गर्नुहोस्
उत्‍पत्ति 41 पढ्नुहोस्