अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने। याहवेह योसेफसित हुनुभएकोले तिनको उन्नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्न लागे। जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए। पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो। यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।
उत्पत्ति 39 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 39:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू