अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्तान पोतीफर भन्ने एक जना मिश्रीले तिनलाई त्यहाँ ल्याउने इश्माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्थ्यो, र त्यहाँ तिनको उन्नति भयो। तिनी आफ्ना मिश्री मालिकको घरमा बस्थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। उनले तिनलाई आफ्नो घरको र आफूसँग भएका सबै कुराको मुख्य कारिन्दा तुल्याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्यस मिश्रीको घरमा आशिष् दिनुभयो। परमप्रभुको आशिष् उनको घरबार, अन्न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्ता राख्दैनथिए। योसेफ सुन्दर र हेर्नमा राम्रा थिए।
उत्पत्ति 39 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 39
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 39:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू