YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:1-6

उत्‍पत्ति 39:1-6 सरल नेपाली

इश्‍माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्‍तान थिए। परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो र त्‍यहाँ उनलाई फलिफाप भयो। उनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। परमप्रभु योसेफसित हुनुहुन्‍छ र तिनले हात हालेको काममा सफल हुन्‍छन् भनी पोतीफरले देखे। पोतीफर योसेफसित प्रसन्‍न थिए र उनलाई आफ्‍नो निज चाकर बनाए। आफ्‍नो घर र त्‍यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्‍मामा दिए। त्‍यस समयदेखि योसेफको कारण परमप्रभुले त्‍यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्‍यहाँ भएका सबै कुरामाथि परमेश्‍वरले आशिष् दिनुभयो। आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्‍मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्‍ता राख्‍दैनथे। योसेफ लायकको र हेर्नमा सुन्‍दर थिए।

उत्‍पत्ति 39 पढ्नुहोस्