YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 39:1-6

उत्‍पत्ति 39:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अब योसेफ मिश्रमा लगिए, र फारोका एक जना अधिकृत, अङ्गरक्षकका कप्‍तान पोतीफर भन्‍ने एक जना मिश्रीले तिनलाई त्‍यहाँ ल्‍याउने इश्‍माएलीहरूका हातबाट किने। परमप्रभु योसेफको साथमा हुनुहुन्‍थ्‍यो, र त्‍यहाँ तिनको उन्‍नति भयो। तिनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्‍नति गराउनुभएको देखे। यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्‍नो घरको मुख्‍य कारिन्‍दा तुल्‍याएर उनीसँग भएका सब थोकको जिम्‍मा तिनलाई दिए। उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो। यसैले आफूसँग भएका सबै उनले योसेफको जिम्‍मामा छोड़िदिए। आफूले खाने भोजनबाहेक आफूसँग भएको अरू कुनै कुराको विषयमा उनी वास्‍ता राख्‍दैनथिए। योसेफ सुन्‍दर र हेर्नमा राम्रा थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:1-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अब योसेफलाई तल इजिप्टमा लगिएको थियो। फारोका अधिकारी, अङ्गरक्षकका सेनापति पोतिफर भन्‍ने इजिप्टियनले तिनलाई त्यहाँ लैजाने इश्माएलीहरूबाट किने। याहवेह योसेफसित हुनुभएकोले तिनको उन्‍नति भयो, र तिनी आफ्ना इजिप्टियन मालिकको घरमा बस्‍न लागे। जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, योसेफले उनको दृष्‍टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए। पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो। यसकारण उनले आफूसित भएका सबै कुराहरू योसेफको रेख-देखमा छोडिदिए; आफूले खाने भोजनबाहेक अरू कुनै कुरामा पनि उनले चिन्ता गरेनन्। योसेफ हट्टाकट्टा र सुन्दर थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:1-6 पवित्र बाइबल (NERV)

जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो। तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो। पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो। जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो। यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्

उत्‍पत्ति 39:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इश्‍माएलीहरूले योसेफलाई मिश्रमा लगेर पोतीफरको हातमा बेचिदिएका थिए। तिनी राजाका अधिकृत अनि राजमहलको पहरेदारहरूका कप्‍तान थिए। परमप्रभु योसेफसँग हुनुहुन्‍थ्‍यो र त्‍यहाँ उनलाई फलिफाप भयो। उनी आफ्‍ना मिश्री मालिकको घरमा बस्‍थे। परमप्रभु योसेफसित हुनुहुन्‍छ र तिनले हात हालेको काममा सफल हुन्‍छन् भनी पोतीफरले देखे। पोतीफर योसेफसित प्रसन्‍न थिए र उनलाई आफ्‍नो निज चाकर बनाए। आफ्‍नो घर र त्‍यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्‍मामा दिए। त्‍यस समयदेखि योसेफको कारण परमप्रभुले त्‍यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्‍यहाँ भएका सबै कुरामाथि परमेश्‍वरले आशिष् दिनुभयो। आफूसँग भएका सबै थोक पोतीफरले योसेफलाई जिम्‍मा लाइदिए र आफूले खाने भोजनबाहेक अरू कुनै कुराको वास्‍ता राख्‍दैनथे। योसेफ लायकको र हेर्नमा सुन्‍दर थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 39 पढ्नुहोस्