जब याहवेहले लेआलाई प्रेम नपाएकी देख्नुभयो, तब उहाँले तिनको कोख खोलिदिनुभयो; तर राहेलचाहिँ बाँझी रहिन्। लेआ गर्भवती भइन् र तिनले एउटा छोरा जन्माइन्। तिनले उसको नाम रूबेन राखिन्; किनकि तिनले भनिन्, “योचाहिँ याहवेहले मेरो कष्ट देख्नुभएको कारणले हो। निश्चय नै मेरा पतिले अब मलाई प्रेम गर्नुहुनेछ।” तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “किनकि मैले प्रेम पाइनँ भनेर याहवेहले सुन्नुभएको छ; र उहाँले मलाई यो छोरा पनि दिनुभयो।” यसकारण तिनले त्यसको नाम शिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माउँदा तिनले भनिन्, “अब यस पटक त मेरा पति मसँगै मिल्न आउनुहुनेछ; किनकि मैले उहाँका निम्ति तीन वटा छोरा पाइसकेँ।” यसकारण त्यसको नाम लेवी राखियो। तिनी फेरि गर्भवती भइन्, र त्यो छोरा जन्माउँदा तिनले भनिन्, “यस पटक म याहवेहको प्रशंसा गर्नेछु।” यसकारण तिनले त्यसको नाम यहूदा राखिन्। त्यसपछि तिनले छोराछोरी जन्माउन छोडिन्।
उत्पत्ति 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 29:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू