परमप्रभुले देख्नुभयो कि लेआले राहेलको भन्दा कम प्रेम पाउँथी। यसकारण उहाँले उनको कोख खोलिदिनुभयो। तर राहेल बाँझी नै रहिन्। लेआले गर्भवती भएर एउटा छोरो जन्माइन्। उनले भनिन्, “परमप्रभुले मेरो दु:ख हेर्नुभयो, अब मेरा लोग्नेले मलाई प्रेम गर्नेछन्।” उनले बालकको नाम रूबेन राखिन्। उनले फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। उसले “परमप्रभुले मलाई यो छोरा पनि दिनुभयो किनभने म प्रेम पाउँदिनँ भनी उहाँले सुन्नुभयो” भनिन् र त्यसको नाम शिमियोन राखिन्। उनी फेरि गर्भवती भएर अर्को छोरा जन्माइन्। “अब मेरो लोग्ने मसँग बाँधिनेछन् किनभने मैले उनका निम्ति तीनवटा छोरा पाइसकें,” भनेर उनले त्यसको नाम लेवी राखिन्। फेरि पनि गर्भवती भएर उनले अर्को छोरा जन्माइन्। उनले “यसपालि म परमप्रभुको प्रशंसा गर्नेछु,” भनेर त्यसको नाम यहूदा राखिन्। त्यसपछि उनले छोरा-छोरी जन्माउन छोडिन्।
उत्पत्ति 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 29:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू