लेआलाई अवहेलना भएको देखेर परमप्रभुले तिनको कोख खोलिदिनुभयो। तर राहेलचाहिँ बाँझी नै रहिन्। लेआ गर्भवती भएर एक जना छोरो जन्माइन्, र तिनले त्यसको नाउँ यसो भनेर रूबेन राखिन्, “साँच्ची नै परमप्रभुले मेरो दु:ख देख्नुभएको छ। अब त मेरा पतिले मलाई प्रेम गर्नुहुन्छ।” तिनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्। तिनले भनिन्, “म अवहेलित भएकी छु भनी परमेश्वरले सुन्नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो।” र तिनले त्यसको नाउँ शिमियोन राखिन्। तिनी फेरि गर्भवती भइन् र एक जना छोरो जन्माएर भनिन्, “यस पाली त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्ति तीन जना छोराहरू पाइसकें।” यसकारण त्यसको नाउँ लेवी राखियो। तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।
उत्पत्ति 29 पढ्नुहोस्
सुन्नुहोस् उत्पत्ति 29
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 29:31-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू