लाबानका दुई छोरीहरू थिए; जेठीको नाम लेआ, र कान्छीको नाम राहेल थियो। लेआका आँखा कमजोर थिए, तर राहेलचाहिँ राम्रो बनोट भएकी र सुन्दरी थिइन्। याकोबले राहेललाई प्रेम गर्थे, त्यसैले उनले लाबानलाई भने, “म तपाईंकी कान्छी छोरी राहेलका निम्ति तपाईंसित सात वर्ष सेवा गर्नेछु।” लाबानले भने, “मैले यसलाई अरू मानिसलाई दिनुभन्दा त तिमीलाई दिनु नै असल हो। मसित यहीँ बस।” यसकारण राहेललाई पाउनका लागि याकोबले सात वर्षसम्म सेवा गरे; तर तिनले उनलाई प्रेम गरेको कारण याकोबका लागि ती थोरै दिनजस्तो मात्र लाग्यो। तब याकोबले लाबानलाई भने, “मलाई मेरी पत्नी दिनुहोस्। मेरो समय पूरा भयो, र म तिनीसँग सहबास गर्न चाहन्छु।” यसकारण लाबानले त्यस ठाउँका सबै मानिसहरूलाई एकसाथ बोलाएर भोज दिए। तर जब साँझ भयो, तिनले आफ्नी छोरी लेआलाई ल्याएर याकोबलाई दिए। अनि याकोबले तिनीसित सहबास गरे। अनि लाबानले आफ्नी दासी जिल्पालाई आफ्नी छोरी लेआकी सेविका हुनलाई दिए। जब बिहान भयो, राहेलको सट्टा लेआ पो त्यहाँ रहिछिन्! यसकारण याकोबले लाबानलाई भने, “यो तपाईंले मलाई के गर्नुभयो? के मैले राहेलका निम्ति तपाईंको सेवा गरेको होइनँ र? तपाईंले मलाई किन धोका दिनुभयो?”
उत्पत्ति 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 29:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू