लाबानका दुईटी छोरीहरू थिए, जेठीको नाम लेआ र कान्छीको राहेल थियो। लेआका आँखा धमिला थिए तर राहेल हेर्नमा सुन्दरी राम्रा जिउ-डाल भएकी थिइन्। याकूबले राहेललाई माया गरे र भने, “मलाई राहेलसित विवाह गर्न दिने हो भने म सात वर्ष तपाईंको सेवा गर्नेछु।” लाबानले उत्तर दिए, “अरू कसैलाई दिनुभन्दा ता बरु म त्यसलाई तिमीलाई नै दिनेछु। ठीक छ, मसित बस।” याकूबले राहेलको लागि सात वर्ष काम गरे तर त्यो उनलाई थोरै दिनजस्तो लाग्यो, कारण उनले राहेललाई प्रेम गर्थे। तब याकूबले लाबानलाई भने, “अब समय पूरा भयो, मलाई तपाईंकी छोरीसित विवाह गर्न दिनुहोस्।” यसकारण लाबानले विवाहको भोज लाए र सबैलाई निम्त्याए। तर त्यस रात राहेलका सट्टामा लेआलाई उनले याकूबकहाँ पुर्याइदिए र याकूब उनीसित सुते। (लाबानले आफ्नी कमारी केटी जिल्पालाई लेआकी दासी बन्नलाई दिए।) भोलिपल्ट बिहान मात्र आफूसँग राती रहने लेआ रहिछन् भनी याकूबलाई पत्तो भयो र उनले लाबानकहाँ गएर भने, “तपाईंले किन मसित यस्तो गर्नुभयो? म राहेलको निम्ति खटेको थिएँ। किन मलाई छल गर्नुभयो?”
उत्पत्ति 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 29:16-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू