YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 29:16-25

उत्‍पत्ति 29:16-25 NNRV

लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्‍छीको नाउँ राहेल थियो। लेआका आँखा धमिला थिए, तर राहेलचाहिँ सुडौल र सुन्‍दरी थिइन्‌। याकूबले राहेललाई प्रेम गरे। तिनले भने, “तपाईंकी कान्‍छी छोरी राहेलको निम्‍ति सात वर्षसम्‍म म तपाईंको सेवा गर्नेछु।” लाबानले भने, “त्‍यसलाई अरू कोहीसँग विवाह गरिदिनुभन्‍दा त तिमीलाई दिनु नै असल हो। हुन्‍छ, मसँगै बस।” यसकारण याकूबले राहेलको निम्‍ति सात वर्षसम्‍म सेवा गरे। तिनले राहेललाई यति प्रेम गर्थे कि त्‍यो समय तिनलाई थोरै दिनजस्‍तो लाग्‍यो। त्‍यसपछि याकूबले लाबानलाई भने, “मैले तपाईंको सेवा गरिसकें। अब मेरी पत्‍नी हुनलाई राहेल मलाई दिनुहोस्‌। म तिनीसँग सहवास गर्न चाहन्‍छु।” तब लाबानले त्‍यस ठाउँका सबै मानिसहरू जम्‍मा गरेर भोज दिए। तर साँझमा उनले आफ्‍नी छोरी लेआलाई याकूबकहाँ ल्‍याइदिए, र याकूबले तिनीसँग सहवास गरे। लाबानले आफ्‍नी कमारी जिल्‍पालाई आफ्‍नी छोरी लेआकी कमारी हुनलाई दिए। याकूबले बिहान हेर्दा त लेआ पो रहिछन्‌। तब तिनले लाबानलाई भने, “तपाईंले मप्रति किन यस्‍तो गर्नुभयो? मैले राहेलको निम्‍ति सेवा गरेको होइन र? तपाईंले किन मसित यसरी छल गर्नुभयो?”