YouVersion लोगो
खोज आइकन

उत्पत्ति 25:29-34

उत्पत्ति 25:29-34 NCV

एक पल्ट याकोबले सुरुवा पकाइरहेका बेलामा एसाव खुला मैदानबाट साह्रै भोकाएर आए। एसावले याकोबलाई भने, “झट्टै मलाई त्यो रातो सुरुवा देऊ! म भोकले मर्नै लागेँ!” (त्यसैकारण तिनलाई एदोम पनि भनिन्थ्यो।) याकोबले जवाफ दिए, “पहिले आफ्नो ज्येष्‍ठ अधिकार मलाई बेच।” एसावले भने, “हेर, म त मर्नै लागेको छु। अब मेरो निम्ति ज्येष्‍ठ अधिकारको के काम?” तर याकोबले भने, “पहिले शपथ खाएर मलाई भन।” यसकारण तिनले शपथ खाए, र आफ्नो ज्येष्‍ठ अधिकार याकोबलाई बेचे। तब याकोबले एसावलाई केही रोटी र दालको सुरुवा दिए। तिनले त्यो खाए, पिए, र उठेर गइहाले। यसरी एसावले आफ्नो ज्येष्‍ठ अधिकारलाई लत्याए।

उत्पत्ति 25 पढ्नुहोस्