YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 25:29-34

उत्‍पत्ति 25:29-34 NNRV

एक पल्‍ट याकूबले सुरुवा पकाइराखेको बेलामा एसाव मैदानबाट आए। उनलाई भोकले भाउन्‍न छुटेको थियो। एसावले याकूबलाई भने, “मलाई त्‍यो रातो सुरुवा अलिकता खान देऊ। मलाई भोकले भाउन्‍न छुटेको छ।” (यसैकारण उनलाई एदोम पनि भनिन्‍थ्‍यो।) याकूबले भने, “पहिले मलाई तपाईंको ज्‍येष्‍ठ-अधिकार बेच्‍नुहोस्‌।” एसावले भने, “म त मर्नै आँटें। अब मलाई त्‍यो ज्‍येष्‍ठ-अधिकारको के काम?” याकूबले भने, “पहिले शपथ खाएर मलाई भन्‍नुहोस्‌।” तब उनले शपथ खाए, र आफ्‍नो ज्‍येष्‍ठ-अधिकार याकूबलाई बेचे। त्‍यसपछि याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए। खानपान गरेर एसाव आफ्‍नो बाटो लागे। यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए।