YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 25:29-34

उत्‍पत्ति 25:29-34 सरल नेपाली

एक दिन याकूब सिमीको सुरुवा पकाइरहेको बेलामा एसाव शिकारबाट फर्की आए। उनी थाकेका थिए र याकूबलाई भने, “म भोकाएको छु, मलाई त्‍यो रातो सुरुवा खान देऊ।” (यसकारण उसलाई एदोम पनि भनिन्‍थ्‍यो।) याकूबले जवाफ दिए, “तिमीले जेठो छोराको हक मलाई दियौ भने मात्र म तिमीलाई सुरुवा दिनेछु।” एसावले भने, “हुन्‍छ, म भोकले मर्न आँटेको छु, यो अधिकार मलाई काम लाग्‍ने हो र?” याकूबले उत्तर दिए, “पहिले मलाई आफ्‍नो अधिकार दिन्‍छु भनी शपथ खाऊ।” एसावले शपथ खाए र आफ्‍नो अधिकार याकूबलाई दिइहाले। त्‍यसपछि याकूबले उनलाई केही रोटी र सुरुवा दिए। एसावले खाए, पिए र उठेर हिँडे। यसरी एसावले आफ्‍नो जेठो अधिकार लत्‍याए।

उत्‍पत्ति 25 पढ्नुहोस्